देश सेन्टिमेन्ट र अभिनयले चल्दैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अभिनय शुरु भएको बताउनुभएको छ ।
मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राति मुसा समाउने र बिहान भएपछि पूजापाठ गरेर रुद्राक्ष माला लगाएझैँ गरी चाखो बन्ने अभिनय राजनीतिमा पनि शुरु भएको बताउनु भयो ।
उहाँले नयाँ संस्करणको राजनीतिमा भगवानको नाम जप्ने तर काम भने राक्षसको जस्तो गर्ने प्रवृत्ति शुरु भएको टिप्पणी गर्नुभयो । राजनीति अभिनय र सेन्टिमेन्टमा नचल्ने उहाँको भनाइ छ । देश यथार्थले मात्रै बदल्न सकिने बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आजकाल राजनीतिमा पनि अभिनय आएकै छ । राति राति मुसा झ्याप्प,झ्याप्प, झ्याप्प पाल्यो, बिहानै भएपछि यस्तो लगाएर (ठाडो टिका), घण्टी बाँधेर, पाखुरामा रुद्राक्ष बाँधेर यसरी निस्किन्छन् मान्छे की मंगलम भगवान विष्णु... । शान्ति ओं, शान्ति ओं, शान्ति ओं । बाघको पञ्जा चाहिने बेलामा मात्रै निस्किन्छ । अघिपछि टेक्दा पनि नङ्ग्रा हुँदैन । पञ्जा मात्रै हुन्छ । दाह्रा पनि चाहिएको बेलामा मात्रै देखिने रहेछ । यो पनि राजनीतिमा अलिअलि चल्न थालेको छ । अहिले यो नयाँ संस्करणमा । तर राजनीतिको आचरण त्यस्तो होइन, राजनीति न सेन्टिमेन्टमा न अभिनयमा देश बदल्न सकिन्छ । बदल्न भनेको यथार्थमा बदल्ने हो ।’
प्रधानमन्त्री ओलीले सिनेपाले सिनेमा क्षेत्रलाई बदल्ने विश्वास व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

प्रतिक्रिया