तुलाले आँटेको काममा सफलता पाउने, कुम्भलाई नयाँ कामको थालनी गर्ने मौका

काठमाडौँ- आज २०८२ जेठ २९ गते बिहीबार ।
मेष
साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।
वृष
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।
मिथुन
सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
कर्कट
बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।
सिंह
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
कन्या
नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसँग भेट हुनेछ ।
तुला
सोचेको आँटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।
वृश्चिक
साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।
धनु
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ ।
मकर
काममा राम्रै फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ ।
कुम्भ
नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसँगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।
मीन
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।

रूकुमपश्चिममा पानी बोकेको मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चट्याङ लागेर बालकको मृत्यु

वडा कार्यालयका लागि निःशुल्क जग्गा प्रदान

गोली चलाएर अभियुक्त नियन्त्रणमा

प्रतिक्रिया