एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल आज बेलायत प्रस्थान गरेका छन् । अन्तरराष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन उहाँ एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित प्रस्थान गर्नुभएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
बेलायतमा रहँदा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए ।
महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने एमाले पार्टीका प्रवास कमिटीका विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । महासचिव पोखरेल आगामी असार ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानम…

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भएर आँखा रसाए...

प्रतिक्रिया