कोरम नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं : संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आइतबार बस्ने भनिएको बैठक गणकपुरक संख्या नपुगेपछि स्थगित भएको बताइएको छ । संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्को बैठक बस्न ६ सदस्यमध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ । उपसभामुख पद रिक्त भएकाले एक जना मात्रै उपस्थित नभए पनि बैठक स्थगित हुन्छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने जानकारी गराएका थिए । देउवाका तर्फबाट कांग्रेस नेता रमेश लेखकले २९ गते पार्टीको आन्दोलन तय गरिएको अवस्थामा त्यसको अघिल्लो दिन बोलाइएको परिषद् बैठकमा देउवा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । त्यसोत संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान कानुनमा छ ।
देउवाले सवैधानिक परिषद् बैठकमा जाने कि नजाने भन्ने विषयमा केही नेताहरूसँग छलफल गरेका थिए । कांग्रेस नेताहरूले २९ गते सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्न लागेको पूर्वसन्ध्यामा ओलीले परिषद बैठक बोलाएर लेनदेन गराई प्रदर्शनलाई प्रभावित पार्न खोजेकोले बैठकमा नजान सुझाएपछि देउवाले बैठकमा उपस्थित नहुने जानकारी गराएका हुन् ।
केही समय अगाडि देउवा र प्रधानमन्त्री ओलीबीच भएको छलफलमा रिक्त संवैधानिक निकायमा नियुक्तिमा सहमति गर्न सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट नेता लेखकलाई जिम्मेवारी दिइएको थियो । लेखकले बैठकमा देउवा उपस्थित हुन नसक्ने जानकारी शनिबार प्रधानमन्त्री ओलीलाई गराएका हुन् ।
त्यस्तै आज १४ औं संघीय संसद सेवा दिवसमा सभामुख अग्निप्रसाद सापकोटा व्यस्त छन् । संसद सचिवालयको सचिवालय, सञ्चालन तथा व्यवस्थापन समितिको जारी बैठकमा सापकोटा छन् । त्यसो त नेकपाभित्र चर्को अन्तरसंघर्ष छ । ओलीले संवैधानिक आयोगमा एकलौटी गर्न खोजेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल रुष्ट छन् । पूर्वमाओवादी समूहबाट सभामुख भएका सापकोटा दाहालको विश्वास पात्र हुन् । ओली र दाहालको चर्को विवाद चलिरहेको बेला राखिएको परिषद्को बैठकमा उपस्थित हुन् नसक्ने उनले शनिबार साँझ बालुवाटारलाई जानकारी दिएका थिए ।
१३ महिनादेखि परिषद्को बैठक नबस्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा ४६ प्रमुख तथा सदस्यहरू नियुक्त हुन सकेका छैनन् । दलहरूबीच भागवण्डा नमिल्दा बैठक बस्न नसकेको हो । संवैधानिक अंगमा योग्य, क्षमताभन्दा पनि परिषद्का पदाधिकारीहरूको भागबन्डामा आधारित हुने गरेको छ ।
र, यो पनि
- यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
- संवैधानिक परिषद् बैठकमा देउवा नजाने
- संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया