बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

सभामुख सापकोटाको मुद्दा पेसी : संयोग कि सुनियोजित ?

फाइल तस्बिर

काठमाडौं : सर्वोच्च अदालतले सभामुख अग्‍निप्रसाद सापकोटाको मुद्दा पेसीमा चढाएको छ । सभामुख सापकोटाको मुद्दामा पेसी तोकिएको हो । संवैधानिक इजालसमा परेको सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठले हेर्ने भएका छन् ।

२०६२ वैशाख १६ गते काभ्रेको श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला भएको स्थानबाट अपहरणमा परेका अर्जुन लामाको हत्यामा संलग्‍न भएको सापकोटालाई आरोप छ । अर्जुनलाई खाल्डो खन्‍न लगाएर जिउँदै गाडेको भन्दै २०६४ सालमा अर्जुनकी श्रीमती पूर्णिमायाले जाहेरी दिएकी थिइन् । साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

केही दिनदेखि सभामुख सापकोटा र प्रधानमन्त्री केपी ‌ओलीबीच टकराव देखिएको छ । प्रधानमन्त्री ‌ओलीले मंगलबार बोलाएको संवैधानिक परिषद्को बैठकमा सापकोटा उपस्थित नभएपछि सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो । तर सर्वोच्‍च अदालत स्रोतका अनुसार २०७७ वैशाखमा पेसी चढाउनुपर्नेमा कोभिड-१९ कारण अहिले पेसी तोकिएको हो । 'वैशाखमै तोकिनुपर्ने थियो' सर्वोच्‍च स्रोतले इकागजसँग भन्‍यो 'नेकपाभित्र विवाद आएको बेलामा भएर सुनियोजित भन्‍दै हल्‍ला भइरहेको छ । खासमा यो संयोग हो ।'

र, यो पनि

- 'सभामुखले निष्पक्ष र तटस्थ रुपमा जिम्मेवारी निभाइरहनुभएको छ'

- संवैधानिक परिषद् बैठक : सभामुख नजानुको कारण अनेक, देउवा जानुको कारण एक

- सभामुख नगएपछि संवैधानिक परिषद्‍को बैठक स्थगित

- संवैधानिक परिषद्‍को बैठक सुरु, सभामुख सापकोटा अनुपस्थित

- ओलीले एकलौटी गरेपछि संवैधानिक परिषद् बैठकमा सभामुख नजाने, बैठक अन्यौलमा