सभामुख नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको बैठक स्थगित भएको हो । उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटा भने अनुपस्थित भएपछि स्थगित भएको हो । उपसभामुख रिक्त रहेकाले बैठकमा सभामुखको उपस्थिति अनिवार्य छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनुपर्ने नेपालको संविधानको धारा २८४ मा व्यवस्था छ ।
र, यो पनि
- संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा अनुपस्थित
- ओलीले एकलौटी गरेपछि संवैधानिक परिषद् बैठकमा सभामुख नजाने, बैठक अन्यौलमा
- कोरम नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित
- यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
- संवैधानिक परिषद् बैठकमा देउवा नजाने
- संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया