शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

दाहालले यसरी सम्झिए १५ वर्षअघिको शान्ति सम्झौता

फाइल तस्‍बिर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले राज्यको अग्रगामी पुनसंरचना र लोकतन्त्रलाई संस्थागत गर्ने काम सम्पन्न भएको बताएका छन् । शान्ति सम्झौता भएको १५ वर्षको दिन पारेर आइतबार प्रेस वक्तव्य जारी गर्दै दाहालले यस्तो उल्लेख गरेका हुन् । 

'राज्यको अग्रगामी पुनसंरचना र लोकतन्त्रलाई संस्थागत गर्ने, समावेशी समानुपातिक सहभागितामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरी ऐतिहासिक रूपमा आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाको भुमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हासिल गरेका छौं । ती सफलताप्रति हामीलाई गर्व छ । यो प्रक्रियामा योगदान गर्ने सबैलाई हार्दिक बधाई,' उनले वक्तव्यमार्फत भनेका छन् । 

 

उनले यो अवधिमा नेपाली समाजका समस्याहरूलाई सम्बोधन गर्न राज्यको अग्रगामी पुनसंरचना, लोकतन्त्रलाई संस्थागत गर्ने समावेशी समानुपातिक सहभागितामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरी ऐतिहासिक रूपमा आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाको भुमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हासिल गरेकाे पनि उनले बताएका छन् ।

यस्ताे छ दाहालले आइतबार जारी गरेकाे प्रेस वक्तव्य :