पूर्वमन्त्री टेकबहादुर चोखालकी छोरी पनि कांग्रेस महाधिवेशन प्रतिनिधि

कैलाली - नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा दिग्गज र प्रभावशाली नेताहरूले हार व्यहोरिरहदा कैलालीमा भने नयाँ अनुहारहरूले बाजी मारेका छन् । तिनै मध्येकी एक हुन्, युवा नेतृ निपा चोखाल ।
काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचन क्षेत्र नम्बर ५ बाट महिलामा खुलातर्फ भएको निर्वाचनमा सर्वाधिक (२८७) मतसहित उनी विजयी भइन । चार जनामध्ये मत गणनाको सुरूवात देखिनै अग्रस्थानमा रहँदै निपाले सर्वाधिक मत पाइन ।
कानुनमा स्नातकोत्तर गरेकी निपाले नेपाल ल क्याम्पसबाट बीएलएल गरेकी छन् । उनी नेपाली काँग्रेसका नेता पूर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालकी छोरी हुन् । ३८ वर्षीय निपाले सबैलाई चकित पार्दै सर्वाधिक मत मात्र ल्याइनन्, आफ्नो बुवाको पदचापलाई पछ्याउदै राजनीतिमा समेत इन्ट्री गरिन् ।
उनले आफ्नो जीतलाई स्वर्गीय बुवा प्रतिको सम्मानका रुपमा लिएकी छन् । भन्छिन्, 'मलाई व्यक्तिगत रुपमा कसले चिन्छन र ? मेरो जीत मेरो बुवा प्रति नेपाली काँग्रेसका नेता कार्यकर्ताको सम्मान हो । जुन खालको माया, आदर र सहयोग पाए म त्यसलाई शब्दमा बयान गर्न सक्दैन । यो सम्मानका लागि म सबैप्रति आभारी छु ।'
व्यवस्थापन र कानुनमा स्नातकोत्तर निपा महिला विकास कानुन मञ्चको जागीर छोडेर राजनीतिमा होमिएकी हुन् । अव उनी राजनीतिसंगै कृषिमार्फत स्वरोजगार र उद्यमशिलताको विकासमा समर्पित हुने बताउँछिन् । उनले अब महासमिति सदस्यका लागि आफले तयारी गर्ने बताइन्।

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानम…

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भएर आँखा रसाए...

प्रतिक्रिया