प्रदेश १ : एमाले उम्मेदवार बरालले आफ्नै दुई सांसदको मत नपाउँदा पराजित
काठमाडौँ - राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच बराबर मत आएपछि गोलाप्रथा भएको थियो।
बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए । गोला तान्दा बस्नेत बिजयी भए । प्रदेश १ का एमालेका दुई सांसदले बराललाई मत नदिँदा उनी पराजित भएका हुन् । यदी दुई मत पाएको भए बराल सहजै विजयी हुने थिए तर उनले दुई मत पाएनन् ।
एमालेका ४० जना सांसदले मतदान गरेपनि बरालले ३८ मत प्राप्त गरे । एमालेको एउटा मत राप्रपालाई गयो भने अर्को एक मत बदर भएको थियो । एमालेकै एक जना सांसद गुलेफुन मिया मत खसाल्न आइनन् । उनी सरकारी कागजात किर्ते मुद्दामा फारर सूचीमा छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रतिक्रिया