प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना इजलासमा पेश

काठमाडौँ : प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेश भएको छ । महान्यायाधीवक्ता कार्यालयले शुक्रबार इजलास सुरु हुनुभन्दा पहिले नै राजपत्रमा प्रकाशित सूचना सर्वोच्चलाई बुझाएको हो ।
बिहीबारको सुनुवाइमा अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले प्रतिनिधि सभा विघटन भएको निर्णयको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएका थिए । लगत्तै न्यायाधीश अनिलकुमार सिन्हाले इजलासका तर्फबाट महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित सूचना माग गरेका थिए ।
महान्यायाधिवक्ता कार्यालयले राजपत्रमा प्रकाशित सूचना पेश गरेपछि प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा शुक्रबारको बहस सुरु भएको छ ।

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानम…

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भएर आँखा रसाए...

प्रतिक्रिया