बागमती प्रदेशमा मुख्यमन्त्री जस्ले दिन्छ उसैसँग मिलाैँ : सभापति देउवा
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश सरकारको मुख्यमन्त्री दिने नेकपाको समूहसँग कांग्रेस मिल्नुपर्ने प्रस्ताव पेश गरेका छन् । आज (शुक्रबार) बागमती प्रदेशका नेताहरुसँग छलफल गर्दै देउवाले यस्तो बताएका हुन् । तर, छलफलमा सहभागी अधिकांश नेताहरुले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेस सडकमा रहेकोले सो समूहसँग मिल्न नहुने बताए ।
‘सभापति ज्युले मुख्यमन्त्री जस्ले दिन्छ कांग्रेस त्यो समूहसँग मिल्दा के हुन्छर भन्नु भयो,’ छलफलमा सहभागी एक नेताले इकागजसँग भने, ‘उहाँले त बागमतीमा ओलीका मुख्यमन्त्री डोरमणिको ठाउँमा हाम्रो मुख्यमन्त्री बन्छ भने किन ओली समूहसँग नमिल्ने पनि भन्नु भयो । तर, हामीले अहिले ओली प्रवृत्तिविरुद्ध सडकमा उत्रिएकोले त्यो समूहलाई सहयोग गर्न नहुने बतायौँ ।’
देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगनकुमार थापा, नविन्द्रराज जोशीलगायत नेता सहभागी थिए ।
बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध नेकपाकै (दाहाल–नेपाल) समूहले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ । बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध आज प्रदेशसभामा अविश्वासको प्रस्ताव टेबल हुँदैछ ।
‘सभापतिज्युले मुख्यमन्त्री दिनेसँग मिलौँ भनेर प्रस्ताव गर्नु भयो। अरु नेताहरुले भने अविश्वासको प्रस्ताव टेबल हुँदैछ टेबल भएपछि निर्णय गरौँ तर, ओली समूहसँग नमिलौँ भनेर आजको छलफल सकियो’ उनले भने । कांग्रेसले छलफलका लागि बागमती प्रदेशसभा संसदीय दलकाका नेता ईन्द्र बानियाँलाई काठमाडौं बोलाएको पनि उनले जानकारी दिए ।

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानम…

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भएर आँखा रसाए...

प्रतिक्रिया