अस्पतालले भन्यो, पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार नआएको अस्पतालले जानकारी दिएको छ । शुक्रबार दिउँसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय अस्तालका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिए ।
जोशीलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिए पनि सुधार हुने सम्भावना भने कायमै रहेको चिकित्सक झाले बताए ।
टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा. झाले बताए । उनले भने ‘आँखाको नानी फुलेको देखियो । दुवैतिर कसैको आँखाको नानी फुलेको छ भने त्यो 'अलमोस्ट डेथ' मान्छेहरूमा त्यस्तो देखिन्छ ।'
टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको र १३० एमएल जती पानी निकालिएको पनि डा. झाले बताए । त्यपछि रक्तचाप कम भएकाले रक्तचाप बढाउने औषधि दिइएको उनले जानकारी दिए । यस्तो अवस्था जटिल हुने पनि डा. झाको भनाइ छ ।
उनले भने ‘यो अवस्था एकदमै जतिल अवस्था हो । विश्वमा हेर्ने हो भने यस्तो किसिमको मान्छेहरूमा १ सय प्रतिशतमा ६०/७० प्रतिशतको मृत्यु हुन्छ । अहिले कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौं । जो ३० प्रतिशत जति बाँचनुहुन्छ उहाँहरूमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ ।’
नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा गइसकेको र वान्ता भई फोक्सोमा असर भएकाले शास फेर्न गाह्रो भइराखेको थियो ।

एकीकृत समाजवादीको ५० जिल्ला अधिवेशन सकियो

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिक्रिया