रेग्मीलाई चाहिएन कूटनीतिक प्रशिक्षण, पुगे बेलायत

काठमाडौँ : कूटनीतिक प्रशिक्षणबेगर नै पूर्वमूख्य सचिव लोकदर्शन रेग्मी नेपालको सबैभन्दा पुरानो कूटनीतिक नियोगको जिम्मेवारी सम्हाल्न लण्डन पुगेका छन् । सरकारले सञ्चालन गरेको महत्वपूर्ण कूटनीतिक प्रशिक्षणमा नै सामेल नभए पनि कुनै प्रति प्रश्नबिना उनी लण्डन पुगेका हुन् ।
उल्टो प्रधानमन्त्रीको कार्यालयबाट पत्रपत्रिकामा आएका कुराले कुनै अड्चन नहोस भन्ने आदेश परराष्ट्र मन्त्रालयले पाएपछि हतारमा उनको सबै प्रक्रिया पूरा गरेर बेलायत पठाएको परराष्ट्रका एक अधिकारीले बताए ।
परराष्ट्र मन्त्रालयको निर्देशनमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले नियुक्त हुने हरेक राजदूतलाई प्रशिक्षण दिने गर्छ । प्रशिक्षणमा सामेल राजदूत सिफारिस भएको अग्रिमा (सहमति) नआएका उदाहरण पनि छन् । रेग्मीको हकमा सहमति आइसकेको थियो । नियुक्ति प्रक्रिया पनि अघि बढेको थियो ।
तर पनि उनी प्रशिक्षणमा सामेल भएनन् । यस्तो केसमा पनि उनलाई परराष्ट्र मन्त्रालयले प्रश्नसमेत सोध्न सकेन । कूटनीतिक प्रशिक्षण र अन्य अनुभवबिना उनी नेपालकै पुरानो दूतावासलाई नेतृत्व दिन लण्डन पुगेका हुन् ।
परराष्ट्र मन्त्रालयमा त्यस्तो प्रशिक्षण दिइएको थियो । मन्त्रालयमा प्रशिक्षण लिन जाँदा ओझ घट्ने सोच वा कहि पनि केही प्रस्तुती नदिएका कारण उनी सहभागी नभएको उनी निकट एक उच्च अधिकारीले बताए । गत माघ ४ देखि ६ सम्मको छोटो प्रशिक्षणमा उनीसँगै सिफारिसमा परेको पूर्वअर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा र अर्का डा. निर्मलकुमार विश्वकर्मा प्रशिक्षणमा सहभागी थिए । उनीहरूको गत असोज १५ मा सिफारिस भएको थियो । कत्तिक २७ मा संसदीय सुनुवाइ सकेर अग्रिमाको लागि पठाइसकिएको थियो ।
इकागजले उनी प्रशिक्षणमा सहभागी नभएको समाचार लेखेपछि आफूलाई असहज पार्ने काम परराष्ट्रका अधिकारीले गरेको भन्दै उल्टै परराष्ट्र कर्मचारीहरूसँग उनले रातोमुख गरेका थिए । राजनीतिक तहसँग लाइन मिलाएका उनीसँग निरिह कर्मचारीले कुनै प्रतिक्रिया दिएका थिएनन् । परराष्ट्रका एक अधिकारी भन्छन्, ‘बाहिरबाट जानेले हामीसँगै रातोमुख गर्दा सहज पक्कै नहोला । तर, पनि दुईपक्षीय सम्बन्धको कारण सहकार्यमा कमी भने गर्दैनौँ ।’
उनले आफ्नो अग्रिमा नआएको भनेर ढाँटेका समेत थिए । तर उनी प्रशिक्षणमा जानुपर्ने दिनको भोलिपल्ट राष्ट्रपतिबाटै नियुक्ति हुँदा उनी अवाक भएका थिए । उनी दुई दिन अघिमात्र बेलायत गएका हुन् । जानुअघि पनि उनले कुनै प्रशिक्षण लिएनन् । परराष्टले पनि उनलाई खासै प्रशिक्षण दिन चासो देखाएन ।
मुलुकअनुसार नेपालको प्राथमिकता, सम्बन्धित मुलुकको परम्परा, प्रोटोकलमा अपनाउनुपर्ने सतर्कता, कूटनीतिमा गर्न सकिने कार्य र लविङ पक्षलगायतको कार्य र वार्ताको विषयमा क्षेत्रगत विज्ञहरू सहभागी भएर प्रशिक्षण दिन्थे । जुन विश्वभर चल्ने परम्परा पनि हो । बिना प्रशिक्षण जाँदा त्यहाँ गर्ने कार्यको बारेमा खासै ज्ञान हुँदैन ।
बेलायतमा राजदूत हुने व्यक्ति कूटनीतिक डिलिङमा मात्र होइन अंग्रजीमा पनि उत्तिकै काविल हुनुपर्छ वा काविल दोभाषे लिएर जानुपर्ने हुन्छ । तर उनी न दोभाषे न त त्यसमा काविल नै रहेनछन् भन्दै परराष्ट्रका अधिकारीहरूले उनको नेतृत्व क्षमतामा नै प्रश्न उठाएका छन् । प्रधानमन्त्रीलाई रिजाएकै कारणले पुरस्कारस्वरुप उनले पद पाएकाले अन्यलाई खासै नगनेको परराष्ट्र अधिकारीहरू बताउँछन् ।
र यो पनि
रेग्मी बेलायतका लागि नेपाली राजदूत नियुक्त
रेग्मीद्वारा कूटनीतिक प्रशिक्षण अस्वीकार

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया