सरकार

रेग्‍मी बेलायतका लागि नेपाली राजदूत नियुक्त

इकागज |
माघ ५, २०७७ सोमबार १६:५२ बजे

फाइल तस्बिर

काठमाडौँ : पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई सोमबार राजदूतमा नियुक्त गरेकी हुन् । 

रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए र सोही दिन उनलाई मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको थियो । 


उनीसँगै अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा सिफारिस भएका थिए । उनी यसअघि नै राजदूत नियुक्त भइसकेका छन् । उनी आगामी २३ गते अमेरिका जाने बताइएको छ । बेलायत र अमेरिका दुवै मुलुकमा राजदूत भने अझै फर्केका छैनन् । 


Author

थप समाचार
x