अल्झिएका विधेयकको निकास कसरी खोज्ने ?

काठमाडौँ : सभामुख अग्नि सापकोटा समक्ष प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूले गुनासाहरू तेस्र्याएका छन् । आइतबार समामुख–सभापतिबीच भएको छलफलमा सभापतिहरू पछिल्लो समय देखिएको परिस्थितिका विषयमा गुनासो गरेका हुन् ।
सरकारले संसद्लाई बिजनेश विहिन बनाएपछि सभामुख सापकोटाले सभापतिहरूलाई छलफलमा बोलाएका थिए । छलफलमा सभापतिहरूले यो अन्योलपूर्ण अवस्थामा सभामुखको भूमिका सक्रिय हुनुपर्ने राय व्यक्ति गरेका छन् ।
समामुख सापकोटाले पछिल्लो परिस्थितिमा समिति र संसद् कसरी जनमुखी बनाउन सकिन्छ भनेर सभापतिहरूसँग राय मागेका थिए । प्रतिपक्षी दलबाट प्रतिनिधित्व गर्ने सभापतिहरूले छलफलमा सरकारको अर्को आलोचना गरे । सरकार संसद्लाई पंगु बनाउने अभियानमा लागेको उनीहरूले प्रष्ट पारे ।
अधिकांश सभापतिहरूले सरकारसँग समन्वय गरेर अन्योलपूर्ण अवस्थाको निकास जोज्नुपर्ने धारणा राखे । संसदीय समितिमा विचाराधीन विधेयकलाई अघि बढाउने विषयमा पनि सभामुखले सरकारसँग छलफल गर्नुपर्ने भनाई सभापतिहरूको थियो ।
बैठकमा सहभागी एक सभापतिका अनुसार सभापतिहरूले कर्मचारीदेखि पूर्वाधारसम्मका विषयमा सभामुख गुनासो पोखे । संसदीय समितिमा आवश्यक कर्मचारी नभएको र पूर्वाधार पनि पनि अभाव रहेको सभापतिहरूले गुनासो गरेका हुन् ।

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

प्रतिक्रिया