बैंक-वित्त

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : राष्ट्र बैंक

इकागज | जेठ २६, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले गत वैशाखसम्ममा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको जनाएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई विद्युतीय माध्यमबाट बिना धितो कर्जा प्रदान गर्ने

इकागज | जेठ २६, २०८०

काठमाडौं । एनएमबि बैंक लि. र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो विद्युतीय कर्जा प्रद...

असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने

इकागज | जेठ २३, २०८०

काठमाडौँ - वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० अ...

आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने मौद्रिक नीति आउँछः गभर्नर

इकागज | जेठ २२, २०८०

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्...