बैंक-वित्त

आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ ।

नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैंकले रु दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ । बचतपत्रको ब्याज हरेक छ महिनामा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

यही वैशाख २४ देखि आगामी जेठ २४ गतेसम्म बिक्री खुला गरेर जेठ ३० गते बचतपत्र निष्कासन हुनेछ । लगानीकर्ताले घटीमा रु १० हजार र बढीमा कूल निष्कासित रकमको सीमासम्म रु १० हजारले निशेष भाग जाने अंक बराबरको बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिनेछ ।

नागरिक बचतपत्र खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेबसाइटमा रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपि, नाबालकको हकमा संरक्षकको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले स्टक वा प्रमिशरी नोटका रूपमा बचतपत्र लिन सक्नेछन् । लगानीकर्ताले स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवदेन दिँदा नै खुलाउनु पर्नेछ । यदि नखुलाइएको भए राष्ट्र बैंकले प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराउनेछ । यद्यपि लेखपढ गर्न नजान्ने व्यक्तिलाई भने स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान

इकागज | बैशाख १५, २०८०

काठमाडौं– लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले लुम्बि...

डिजिटल भुक्तानी प्रवर्द्धनमा ‘कनेक्ट आइपिएस’ प्रणालीलाई नेपाल राष्ट्र बैँकको सम्मान

इकागज | बैशाख १५, २०८०

काठमाडौं – नेपालको विद्युत्तीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्‍याएको हुँदा ‘कनेक्ट आइपि...

लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली, लालाबाला छाडेर बुबाआमा नै भारत भागे

इकागज | बैशाख १२, २०८०

कैलाली - जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढ्छिन् । तर स्वस्तिकाको यसवर्...

आईएमई अटोमोटिभ एस्कर्टसले दियो महिलालाई निशुल्क हेभी इक्यूपमेन्ट अपरेटर तालिम

इकागज | बैशाख ८, २०८०

काठमाडौँ- आईएमई अटोमोटिभ एस्कर्टसले महिलाहरुलाई निशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर, ता...