बैंक-वित्त

सनराइज बैंकद्वारा दूग्ध उत्पादन सीपमूलक तालिम सञ्चालन

इकागज | जेठ १७, २०८०

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दूग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वीरेन्द्रनगरमा ३५ जना महिलाहरुको सहभागितामा ५ दिने दूग्ध उत्पादन सम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको थियो । 

पाँच दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गरेका थिए ।
 

चार डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍याे कारबाही

इकागज | जेठ ८, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकअ...

सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

इकागज | जेठ ६, २०८०

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सनराइज बैंकले सुदूूरपश्चिम प्रदेशको कैलाली...