कर्पोरेट

भूकम्प पीडितहरूलाई एभरेष्ट बैंककाे पच्चीस लाख रुपैयाँ सहयोग

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले भूकम्प पीडितहरूलाई पच्चीस लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

जाजरकोट केन्द्रविन्दु बनाएर कार्तिक १७ शुक्रबार राती गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले पच्चीस लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हाे । 

उक्त रकमबाट भूकम्प प्रभावितहरूको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ । 

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ ।

भूकम्प प्रभावितलाई सिटी एक्सप्रेस ग्रुपले २५ लाख रुपैयाँ सहयोग गर्ने

इकागज | कात्तिक २०, २०८०

काठमाडौँ– सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातीको शक्तिशाली भूकम्पबाट प्...

एनसेलद्वारा एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनको सम्मान

इकागज | कात्तिक १७, २०८०

काठमाडाैँ– हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउ...

टिकटक बनाउनुहाेस्, पुरस्कार जित्नुहाेस्- तिमी यो दशैंमा के गर्छौ ?

इकागज | कात्तिक २, २०८०

काठमाडौं– लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपा...

डिशहोमको दसैँ अफर : एक वर्षको फाइबर नेट जोड्नुस्, दुई वर्षको सेवा पाउनुस्

इकागज | असोज २८, २०८०

काठमाडौँ– बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष स...