कर्पोरेट

एनसेलको सबै सेयर बेचेर नेपालबाट बाहिरिदैं आजियाटा

इकागज | मंसिर १३, २०८०

काठमाडौं - मलेसियाको आजियाटा कम्पनीले एनसेलको सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको  छ । एनसेलको ८० प्रतिशत सेयर हिस्सा रहेको आजियाटाले आफ्नो सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले एनसेलको सबै सेयर बिक्रीमा राख्ने र बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताए । 

सात वर्षअघि टेलिया सोनेरासँग एनसेलको सेयर किनेको आजियाटाले एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि नेपाल छाड्न लागेको अनुमान गरिएको छ । 

सात वर्षअघिदेखिको एनसेल करको विवाद कायम रहेका बेला आजियाटाले नेपाल छाड्न लागेको हो । 
 

शौर्य सिमेन्टले 'शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०' आयाेजना गर्ने

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ– शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्त्व...

भूकम्प प्रभावितलाई सिटी एक्सप्रेस ग्रुपले २५ लाख रुपैयाँ सहयोग गर्ने

इकागज | कात्तिक २०, २०८०

काठमाडौँ– सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातीको शक्तिशाली भूकम्पबाट प्...