कर्पोरेट

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

इकागज | असोज ७, २०८०

काठमाडाैँ– एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ ।

सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्द एयरले लिएको छ । 

को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले काठमाडौँ उपत्यका भित्र रहेका बुद्ध एयरका तीन काउनटरहरू, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन् ।

यसको साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन् । 

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरूलाई शत प्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ । 

 

अझै पुनर्निर्माण हुन सकेन भूकम्पले क्षति पुर्‍याएकाे पुल्चाेककाे राणाकालीन दरबार

इकागज | असोज २, २०८०

ललितपुर- ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्...

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’अफर,  यसरी जित्नुहाेस स्कुटर

इकागज | असोज २, २०८०

काठमाडौं- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा एनसेलका प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक द...

१८ औँ वर्षमा एनसेल

इकागज | असोज १, २०८०

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले आम...

एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा विस्तार

इकागज | भदौ २७, २०८०

काठमाडौं– मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा ...