कर्पोरेट

कुमारी बैंक र क्लासिक उद्योगबीच सम्झौता

इकागज | साउन २५, २०८०

काठमाडौँ- कुमारी बैंकका ग्राहकहरूले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंक लिमिटेड र क्लासिक उद्योगबीच उक्त सम्झौता भएकाे हाे ।

यो सम्झौतापछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्लासिक उद्योग मार्फत उत्पादन गरिएको म्याट्रेसेस खरिद गर्दा १५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले उक्त सहकार्य गरेको हाे ।

आगामी दिनहरूमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरू ल्याइ रहने बताइएकाे छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग इकाइहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । र, आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।
 

बससेवामा दश दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न पाउने

इकागज | साउन २२, २०८०

काठमाडौं । नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम नवौँ वार्षिक उत्सव पूरा गरी दशौ...

नेपालमै पहिलो पटक एलईडी बोर्डमा  स्मार्ट क्युआरको नोटिफिकेशन सेवा सुरु

इकागज | साउन १५, २०८०

काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डम...

ज्योति विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

इकागज | साउन ११, २०८०

काठमाडौँ– ज्योति विकास बैंकले १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वका निम्...