कर्पोरेट

एसईईका लागि नेपाल टेलिकमको विभिन्न व्यवस्था

इकागज | असार २१, २०८०

काठमाडौँ– नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ । 

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ ।

१६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा  २ रुपैयाँ मात्र महशुल लाग्नेछ । दुई मिनेटको समयावधिलाई एक कल मानिनेछ ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । 

उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ । १६०० मा सन्देश पठाउँदा पनि प्रति सन्देश करबाहेक जम्मा २ रूपैयाँ मात्र महसुल लाग्नेछ । 

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/   मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।  

नर्भिकद्वारा एक महिने ल्याप्रोस्कोपिक सर्जरी अभियानको घोषणा

इकागज | असार २१, २०८०

काठमाडौँ– नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीला...

एभरेष्ट बैंकद्वारा वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कुललाई आर्थिक सहयोग

इकागज | असार २०, २०८०

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कुललाई आर्थिक सहयोग गरेको...

एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटल मार्केट्सको एकीकृत कारोबार हुने

इकागज | असार १८, २०८०

काठमाडौँ– एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) ग...

नबिल बैंकले जि.डब्लु.एमका गाडीहरुमा फाईनान्सिङ सुविधा उपलब्ध गराउने

इकागज | असार १७, २०८०

काठमाडौं । जि.डब्लु.एम सवारीसाधनहरुको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रा.लि.ले नबिल बैंक ...