दक्षिणपश्चिम एशियाको फ्रान्चाइज अपरेसन भाइस प्रेसिडेन्टमा अजय विजय बथिजा नियुक्त
नयाँ दिल्ली– काेका-कोला इन्डियाले अजय विजय बथिजालाई फ्रान्चाइज अपरेसन फर साउथवेस्ट एसियाको भाइस प्रेसिडेन्ट नियुक्त गरेको छ। कोका-कोला कम्पनीसँग अजयको करिब २४ वर्षको करियर यात्रा रहेको छ, जसमा उनिले मार्केटिङ एन्ड फ्रान्चाइजमा एक्स्पर्टिज समावेश गरेका छन् ।
सन् १९९९ मा अजयले हिन्दुस्तान कोका-कोला बेभरेज प्रालि र फ्रन्ट लाइन सेल्स टिमसँग आफ्नो व्यावसायिक यात्रा सुरु गरेर यस संगठन भित्र विभिन्न भूमिका र पदहरूमा लगातार प्रगति गर्दै अगाडि बढ्दै गरेका थिए।
उनी २००५ मा स्याब्को भियतनाममा मेकोंग डेल्टा क्षेत्रको लागि रिजन म्यानेजर पनि रहेका थिए। यो निर्णायक भूमिकामा, उनले भोल्युम ड्राइभ गर्न सेल्स अपरेशन र रुट-टु-मार्केट रणनीतिहरूको नेतृत्व गरेका थिए ।
उनले कोलाजका लागि मार्केटिङ डाईरेक्टरको रूपमा भारत फर्केर 'शेयर अ कोक' अभियानको नेतृत्व गरे। उनले सफलतापूर्वक कोका-कोला जिरो सुगर पहिलो पटक भारत र दक्षिणपश्चिम एशियाका बजारमा ल्याएका थिए। उनले एकीकृत मार्केटिङ अभियानहरू मार्फत थम्स अपलाई पुनर्उत्थान गर्नेमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए, जसको परिणाम स्वरूप उक्त ब्रान्डको लोकप्रियतामा वृद्धि भएको थियो।
२०१८ देखि २०२० सम्म बंगलादेशका लागि कन्ट्री म्यानेजरको रूपमा, अजयले विश्वव्यापी रूपमा द कोका-कोला कम्पनीभित्र बंगलादेशलाई कोका-कोलाका टप ३ बजारहरूमा ल्याउन बोटलिंग पार्टनरहरूसँग नजिक रहेर काम गरेका थिए। सन् २०२० मा उनी फ्रन्ट लाइन मार्केटिङमा वरिष्ठ डाइरेक्टर हुन पुगे । जहाँ उनले पोर्टफोलियो स्ट्राटेजी पङ्क्तिबद्ध रुपमा सञ्चालन गरे भने सिमलेस कमर्शियल र मार्केटिङ कार्यान्वयनमा सहजीकरण गरेका थिए ।
बंगलादेशमा कम्पनीको सबैभन्दा चर्चित म्युजिकल फ्रान्चाइजी 'कोक स्टुडियो' सफलतापूर्वक सुरु गरेका थिए। उनको अग्रगामी "इज कुकिंग" ले कोक र खानाको अनुभव प्रदान गर्ने प्लेटफर्मको साथ जस्तै ' कोलकाता कुकिंग' संग कोका-कोलाको ब्रान्ड लोकप्रियता र उपभोक्ता संलग्नतालाई बढावा दिएको छ।
भारत र दक्षिणपश्चिम एशियाका प्रेसिडेन्ट संकेत रेले भने, ' व्यवसायको बुझाइ र विकासको मानसिकताका साथ, अजयसँग व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रमाणित ट्रयाक रेकर्ड छ। हामी आशावादी छौँ कि उहाँको असल व्यावसायिक कौशलता र सहयोगी दृष्टिकोणले उहाँले दक्षिणपश्चिम एसिया क्षेत्रमा यस संगठनको उद्देश्यलाई अगाडि बढाउनुहुनेछ।'