कर्पोरेट

एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रमः स्वास्थ्य सेवा प्रणालीको डिजिटल रूपान्तरणमा क्रान्ति

इकागज | पुस २, २०८०

काठमाडौँ - एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा कोशेढुङ्गा र क्रान्ति नै सावित भएको छ । यो कार्यक्रमको सफलतासँगै बागमती प्रदेश सरकारले पनि टलिमेडिसिन सेवालाई अन्य अस्पताल र स्वास्थ्य केन्द्रमा पनि रेप्लिकेट अर्थात लागु गरेको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) पहल अन्तर्गत सन् २०१९ मा प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दुरदराजका सेवाबाट वञ्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरिएको थियो । पहलको कार्यान्वयनसँगै ग्रामीण भेगका १५ हजार भन्दा बढी घरधुरीका ८० हजार भन्दा बढी स्थानीयवासीहरुले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएका छन् ।

सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका धुलिखेल अस्पताल अन्तर्गतका चार सामुदायिक स्वास्थ्य केन्द्रहरू मार्फत कार्यक्रम संचालनमा रहेको छ । स्थानीयहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरूको उपचार सेवा पाइरहेका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, 'यो कार्यक्रमले हामीले समुदायको विकासमा कसरी योगदान पुर्याएका छौं भन्ने उजागर गर्दछ । यहाँ म ‘हामी तपाईंकै लागि’ भन्ने हाम्रो ब्रान्ड थिम पुनः दोहोर्‍याउन चाहन्छु । यसको अर्थ एनसेल नेपाल र नेपालीको सेवा र विकासमा योगदान पुर्याउन प्रतिवद्ध छ । डिजिटल राष्ट्र निर्माण र इको–सिस्टमको रूपान्तरणमा योगदान पुर्‍याउँदै, प्रविधि र डाटामा आधारित स्वास्थ्य सेवा विधिहरू प्रयोग गरी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न पाउँदा अत्यन्तै खुसी छौं ।'

यो कार्यक्रमको छुटै र नौलो विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) हो । जस अन्तर्गत कार्यक्रम संचालन भएका क्षेत्रका जन समुदायका स्थानीयहरुले व्यक्तिगत स्वास्थ्य सेवा पाउँछन् । सामुदायिक स्वास्थ्य केन्द्रहरूले त्यहाँका स्थानीय मानिसहरूको स्वास्थ्य सम्बन्धी नियमित जाँच र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्दछन् र साथै उनीहरूको स्वास्थ्यमा सुधार गर्नका लागि तथ्यांकमा आधारित भई आवश्यक कार्यहरु पनि गरिन्छ ।

इस्लिङटन कलेजमा नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन

इकागज | मंसिर २५, २०८०

​काठमाडौँ- इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ । लण्ड...

रमेश कर्प र बोनजोय ट्राभलले गर्‍यो ट्राभल सेवा उत्कृष्ट बनाउने समझदारी

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- रमेश कर्पले मंसिर १९ गते प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रा.लिसँग समझदारी पत्र (एमओयू...

आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भ...

‘दि नेपाल डिस्टीलरिज’ ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ ले आफ्ना उपभोक्ताक...

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मान प्रदान

इकागज | मंसिर १८, २०८०

काठमाडौँ –मंसिर १७ गते अपाङ्गता भएका व्यत्तिहरूको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस म...