कर्पोरेट

टिभिएस मोटर्सको टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रंगमा

इकागज | चैत ३०, २०७९

काठमाडौं– टिभिएस मोटर्सले आज टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने छ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक श्री शाहिल अग्रवालले भने,“नेपालमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं ।” स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तिखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ । स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ । 

मरीन ब्लू कलरमा उपलब्द नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य रु. २,९९,९०० रहेको छ ।
 

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महालक्ष्मी विकास बैंकद्वारा सहयोग हस्तान्तरण

इकागज | चैत २९, २०७९

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्...

अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि बृहत् राष्ट्रिय विमर्श गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

इकागज | चैत २८, २०७९

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सबै प...

नेपालपे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने

इकागज | चैत २६, २०७९

काठमाडौँ- नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्र...