कर्पोरेट

चन्द्रागिरि हिल्समा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट

इकागज | चैत २३, २०७९

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई  केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । 

यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षकोे लागि लागू रहने छ । 

काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा रहेको छ । 
 

डरको अगाडि जित छ

इकागज | चैत २०, २०७९

काठमाडौँ- माउण्टेन डिउले सधैँ नै साधारण र असाधारणबीचको भिन्नता भनेको डर र आत्म शंकाभन्दा पर जाने निर्ण...

अब आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

इकागज | चैत १६, २०७९

काठमाडौं। आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु) मार्फत अब हवा...