कर्पोरेट

'मनिग्राम'बाट पठाएको पैसा 'आइएमई पे'बाट झिक्दा पाँच सयसम्म बोनस पाउने

इकागज | चैत १५, २०८०

काठमाडौँ- डिजिटल वालेट आइएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट  सुरु भएको सो अफर दुई महिनासम्म रहने जनाएको छ ।

यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनससम्म पाउने जनाएको छ । मनिग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम  आइएमई पेमार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस  प्राप्त गर्न सकिने छ । आइएमई पेमार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।
 

एक पटक चार्ज गर्दा तीन दिन चल्ने 'होनर एक्ससेभेनबी' नेपाली बजारमा आउँदै

इकागज | चैत १३, २०८०

काठमाडौँ- ग्लोबल टेक्नोलोजी ब्रान्ड होनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले आफ्नो नयाँ बजेट स्मार्टफ...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा जीवन बीमाबारे अन्तरक्रिया कार्यक्रम आयोजना

इकागज | चैत ९, २०८०

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न ...

नेपाल लाइफद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न

इकागज | चैत ५, २०८०

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्ब...

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाका लागि सम्झौता

इकागज | चैत २, २०८०

काठमाडौँ- एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसले २०२४ मे १४ बिहीबारमा सम्झौताको एक-एक समझदारी पत्र...