कर्पोरेट

रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरियन्टमा

इकागज | फागुन १८, २०८०

काठमाडौँ- सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सि ५१ को मुल्य रु.१४,४९९ रहेको छ ।

५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५१ ले ग्राहकहरूलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरू एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्छ ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५१ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ । ३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५१ मा शक्तिशाली ५००० एमएएचको ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या हुँदैन ।

रियलमी सि ५१ मा ४ जिबी सम्मको डायनामिक र्‍यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरूलाई उत्कृष्ट गेमिङ अनुभव  प्रदान गर्दछ ।

अक्टा–कोर चिपसेटले एडभान्स टेक्नोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । रियलमीको ४+६४ जीबी स्टोरेज भेरिएन्ट पनि रु.१३,४९९ मा बजारमा उपलब्ध छ ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्टबीच सहकार्य गर्ने समझदारी

इकागज | फागुन १४, २०८०

काठमाडौँ- सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबीच शैक्...

'बिग सिजी डे' मा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यास ब्याक अफर

इकागज | फागुन १४, २०८०

काठमाडौँ- एनएमबी, नबिल र माछापुच्छ्रेले बिग सिजी डेको अवसरमा ग्राहकहरूका लागि सुनौलो अफर ल्याएको...

इसेवा केयरको इसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने

इकागज | फागुन १३, २०८०

काठमाडौँ- नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केय...

सूर्य नेपाल वेस्टर्न ओपन : रेकर्ड स्कोरमा भुवनलाई करियरको ११औं उपाधि

इकागज | फागुन ११, २०८०

पोखरा- पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको...

टेलिकमले ३४ विमानस्थलमा फ्रि वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने

इकागज | फागुन ११, २०८०

काठमाडौँ- नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरूमा फ्रि वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने ...