अदालत

राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी पुनरावलोकनका अनुमति

इकागज | मंसिर ६, २०८१

काठमाडौँ - सर्वोच्च अदालतमा राष्ट्र सेवकको तलव समायोजनसम्बन्धी पुन सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले आज उक्त विषयमा पुनरावलोकनको अनुमति प्रदान गरेपछि कर्मचारी समायोजनको विषयमा पुनः सुनुवाइ हुने भएको हो ।

सहन्यायाधिवक्ता गोविन्द खनालसमेत उक्त विषयमा पुनरावलोकनको अनुमतिको माग गरेका थिए । इजलासले उक्त विषयमा सुनुवाइपछि पुनरावलोकन अनुमति दिएको हो ।

“यसमा राष्ट्र सेवकको तलब समायोजन गर्दा त्यस्ता राष्ट्र सेवकहरूको सङ्ख्या के कति हुने ? के कति रकम आवश्यक पर्ने? राजस्वको स्थिति के कति छ? तलब समायोजनको अवस्थामा राज्यलाई के कति थप व्ययभार पर्ने?”, आदेशमा भनिएको छ । 

आदेशमा विषयको विश्लेषण गरी कार्यकारी निकायबाट नीतिगत रुपमा हुनुपर्ने निर्णयसम्बन्धी विषयमा यस अदालतको संयुक्त इजलासबाट गत असार १० गते भएको आदेश ने.का.प. २०६७ नि.नं. ८३९० मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल देखिंदा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुनरावलोकनको अनुमति प्रदान गरिएको छ उल्लेख छ ।

काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश

इकागज | मंसिर ६, २०८१

काठमाडौं - काठमाडौँमा खोला किनारको थप २० मिटरको मापदण्डबारेको विवपादास्पद फैसला तत्काल कार्यान्वय...

प्रधानन्यायाधीशको स्मरणमा पूर्वसभामुख ढुङ्गाना : ‘पदको मोहमा कहिलै लाग्नुभएन’

इकागज | मंसिर ३, २०८१

काठमाडौँ - प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आफ्ना गुरु पूर्वसभामुख दमनाथ ढुङ्गानासँग बिताएका पलहरु...

रवि लामिछानेविरुद्ध काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी

इकागज | मंसिर २, २०८१

काठमाडौँ - सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाड...

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

इकागज | कात्तिक ३०, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिक...

रास्वपाका नेता र सांसदविरुद्ध अवहेलना मुद्धा दर्ता, मङ्सिर ३ गते पेसी

इकागज | कात्तिक २९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी, २० सांसद र नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको...

सरकारसँग लिखित जवाफ माग

इकागज | कात्तिक २८, २०८१

काठमाडौँ - सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणले काटेको उद्योगको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविर...

पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

इकागज | कात्तिक २७, २०८१

काठमाडौँ - मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिल...