अदालत

सर्वोच्च अदालतमा सुशासन कायम गर्छौं : प्रधानन्यायाधीश श्रेष्ठ

इकागज | भदौ ११, २०८०

काठमाडौँ- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् ।​

सोमबार सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् । उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने जिकिर गरे । उनले अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नसक्ने बताए ।

स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरूलाई निश्चिन्तता हुने पनि उनले उल्लेख गरे । उनले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडि बढेको भन्दै अझ सुधार हुँदै जाने बताए ।

उनले भने, ‘यसले कर्मचारीहरूलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ । पेसी व्यवस्थापन कडी हो यो । तारेखसम्म सुधार गर्यौँ हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला जस्तो अनुभूति मलाई भएको छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित पेसी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको बताए । भित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको उनले जानकारी दिए । यो प्रणालीलाई आगामी दिनमा काठमाडौँ जिल्ला अदालत हुँदै अन्य अदालतहरूमा पनि लागू गरिने उनले बताए ।

ललिता निवास जग्गा प्रकरण: २९० जनालाई प्रतिवादी बनाएर अभियोजनपत्र दायर

इकागज | भदौ १०, २०८०

काठमाडौँ - जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा २९० जनालाई प्रतिवादी बनाए...

कोशी मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

इकागज | भदौ ७, २०८०

विराटनगर- कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेश सभाबाट प्राप्त गरेको विश्वासको मत अस...

काठमाडौं महानगरले प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने, बालेनको रिट खारेज

इकागज | भदौ ६, २०८०

काठमाडौं - काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने भएको छ। ...

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध एमाले सर्वोच्च अदालत जाँदै

इकागज | भदौ ६, २०८०

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको बिश्वासको मत अबैधानिक मान्दै नेकपा एमाले सर्वोच्च ...

विश्वम्भरप्रसाद श्रेष्ठ : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म

इकागज | भदौ ५, २०८०

काठमाडौँ- न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रूपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ ।...

न्याय मर्न नदिने गरी काम गर्छु : प्रधानन्यायाधीश श्रेष्ठ

इकागज | भदौ ५, २०८०

काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफूले काम गर्...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ

इकागज | भदौ ५, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनीयताको...