अदालत

निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश

इकागज | साउन १९, २०८०

काठमाडौँ- सर्वोच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारलाई रु १५ हजार जरिवाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले आज निर्वाचन उक्त जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । मोरङ जिल्लाका प्रतिनिधिसभा सदस्य विनोदमणि भट्टराईले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रिट निवेदक भट्टराई हाम्रो नेपाल पार्टीका तर्फबाट मोरङ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिएका थिए । निर्वाचन सकिएपछि आफूले प्रदेश निर्वाचन कार्यालय, प्रदेश नम्बर १ (हाल कोशी प्रदेश), मोरङ, विराटनगरमा निर्वाचन खर्चको विवरण पेस गरेको रिट निवेदनका उल्लेख थियो ।

आफूले खर्च विवरण सार्वजनिक गरेकोबारे जानकारी नदिएको उल्लेख गर्दै आयोगले निजलाई रु १५ हजार जरिवाना तोकेको थियो । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

'सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दा शून्यमा झार्ने योजना थियो तर न्यायाधीश नभएका कारण सकिएन'

इकागज | साउन १९, २०८०

मुलुकको कानुनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की ...

शंकर कँडेल आत्महत्या प्रकरण : व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना

इकागज | साउन १८, २०८०

काठमाडौँ - व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला ...

ठगी मुद्दामा पसलका साहुसरह पौने ५ करोड बिगो तोकिएका लालबहादुरलाई उच्च अदालतले दियो सफाइ

बाबुराम भण्डारी | साउन १६, २०८०

विराटनगर- झण्डै पौने ५ करोड रुपैयाँ बिगो तोकिएर झुम्का सुनसरीको झुम्का कारागारको कैदी बनेका गोप...

प्रतिकूल बकपत्रका कारण फौजदारी मुद्दामा न्याय दिन कठिनाइ भयो : प्रधानन्यायाधीश कार्की

इकागज | साउन १६, २०८०

काठमाडाैँ– प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितको साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी म...

सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न ६ दिनको म्याद थप

इकागज | साउन ७, २०८०

काठमाडौँ - झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ जना भन्सार कर्मचारी र एजेन्टमाथि थप ...