अदालत

न्याय सम्पादनमा हुने ढिलाइ क्षम्य हुँदैन : प्रधानन्यायाधीश

इकागज | असार २२, २०८०

काठमाडौँ - प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनमा हुने ढिलाइ क्षम्य नहुने बताएका छन् । 

दाङ जिल्ला अदालतको नवनिर्मित भवनको शुक्रवार उद्घाटन गर्दै प्रधानन्यायाधीश कार्कीले ढिला गरी न्याय दिनु भनेको न्याय नदिनु सरह भएकाले न्याय सम्पादनमा कुनैपनि बहानावाजी नचल्ने बताए । 

न्याय सम्पादनमा हुने ढिलासुस्तीलाई कम गर्न फरक मुद्दा व्यवस्थापन प्रणाली लागु गरिएको उनले बताए । कार्कीले मुद्दालाई ३ प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई ढिलोमा ६ महिनाभित्र, सामान्य प्रकृतिका मुद्दालाई १ वर्षभित्र र जटिल प्रकृतिका मुद्दालाई १८ महिनामा टुङ्ग्याउने गरी काम भैरहेको उल्लेख गरे । 

२०७४ पुसदेखि निर्माण शुरु भएको दाङ जिल्ला अदालतको भवन २०७७ चैतमा सम्पन्न भएको थियो । २५ करोड १९ लाख ८८ हजारको लागतमा निर्माण भएको भवनमा ८७ कोठा र ५ तला रहेको छ । 

न्यायालयको शुद्धीकरणका लागि कानुन व्यवसायीकाे मंगलबार पनि प्रदर्शन

इकागज | असार १९, २०८०

काठमाडौँ- कानुन व्यवसायीहरूले न्यायालयको शुद्धीकरणका लागि भन्दै मंगलबार पनि प्रदर्शन गरेका छन् । लल...

घुस लिएको आरोपमा नापी सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

इकागज | असार १७, २०८०

काठमाडौँ  - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी स...

पक्राउ गरेका चार जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

इकागज | असार १३, २०८०

काठमाडौँ - ल निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेका चार जनालाई ७ दिन हिर...

घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुराः प्रेम चलाउने

इकागज | असार ५, २०८०

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत...