अदालत

घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुराः प्रेम चलाउने

इकागज | असार ५, २०८०

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलवार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सोमबार साँझदेखि धर्नामा बसेका छन् । 

धर्नास्थलमा  वैशाखी टेकेर पुगेका उनले घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुरा भएको बताए । उनले  आफू पीडित हो की होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताए । उनले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताए । 

उनले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधीकन लिइएको बताए । उनले सरकार अपराधीको पक्षपोषणमा
लागेको र अपराधीहरुले राजनीतिकरण गरेको बताए । उनले प्राध्यापकमाथि दिन दहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताए ।  

उनले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभुति भएको बताए । 

आफ्नो इच्छा नहुँदा न्यायाधीश बनेँ : प्रस्तावित प्रधानन्यायाधीश कार्की

इकागज | जेठ ३२, २०८०

काठमाडौँ- संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले तत्कालीन प्रधान्यायाधीशसमेतको...

हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकाहरु संसदीय समितिको छलफलमा सहभागी

इकागज | जेठ ३१, २०८०

काठमाडौं - संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकाहर...

फौजदारी कसुरमा प्रतिव्यक्ति भूमिका परिभाषित नगरी अभियोजन लगाउन नहुने

इकागज | जेठ २९, २०८०

काठमाडौँ - महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले फौजदारी कसुरमा प्रतिव्यक्ति भूमिका परिभाषित नगरी त्...

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको असार १ गते अन्तिम संसदीय सुनुवाइ हुने

इकागज | जेठ २९, २०८०

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको असार १ गते ...