अदालत

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको १ असारमा अन्तिम संसदीय सुनुवाइ हुने

इकागज | जेठ २९, २०८०

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको १ असारमा अन्तिम सुनुवाइ गर्ने भएको छ । 

सोमबार बसेको समितिको बैठकमा आउँदो १ असारमा अन्तिम सुनुवाइ गर्ने कार्यतालिका प्रस्तुत गरिएको छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा बसेको सुनुवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेका उजुरीका विषयमा छलफल भएको छ । 

गत २५ वैशाखमा संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि समितिले १६ जेमा कार्कीविरुद्ध १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।

उक्त समयावधिमा कार्कीविरुद्ध २९ उजुरी परेका छन् । ती उजुरी सोमबारको बैठकमा खोलिएको छ ।

योसँगै अब समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग र बिहीबार कार्कीलाई बोलाएर छलफल गर्ने भएको छ । उक्त कार्यतालिका सोमबारको बैठकमा प्रस्तुत गरिएको छ ।

प्रधानन्यायाधीशमा प्रस्तावित  कार्की ६५ वर्षे उमेरहदका कारण आउँदो २० साउनदेखि अनिवार्य अवकाश पाउँदै छन् ।
 

संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित प्रधान न्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिने

इकागज | जेठ २९, २०८०

काठमाडौँ- संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा सोमबार ब...

प्रवीण हत्या प्रकरण: राजुलाई जन्मकैद, गोविन्दलाई तीन वर्ष र प्रकाशलाई डेढ महिना कैद फैसला

इकागज | जेठ २२, २०८०

तनहुँ - भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामील...

प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग गरिएको निवेदन दरपिठ

इकागज | जेठ १६, २०८०

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीक...