मंगलबार २०७२ जना कोभिड संक्रमणमुक्त, थपिए १६७७ संक्रमित
काठमाडौँ- मंगलबार देशभर २०७२ जना कोभिड-१९ को संक्रमणबाट मुक्त भएका छन् । हालसम्म ७ लाख ३१ हजार जना कोभिड संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १६७७ जनामा कोभिड पुष्टि भएको छ । मन्त्रालयका अनुसार १५ हजार ३४ जनाको कोभिड परीक्षण गरिएको थियो । त्यसैगरी २१ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ८७९ जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमित ३० हजार ३०३ जना छन् । आईसीयूमा ५१४, भेन्टीलेटरमा १५४ जना उपचाररत छन् । होम आइसोलेशनमा २८ हजार ३१४, संस्थागत आइसोलेशनमा १ हजार ९८९ र क्वारेन्टीनमा २५८ जना छन् ।