कोभिड-१९

शुक्रबार काठमाडौँ उपत्यकामा ६६७ संक्रमित थपिए

इकागज | भदौ १८, २०७८

काठमाडौँ- शुक्रबार काठमाडौँ उपत्यकामा ६६७ कोभिड-१९ का संक्रमित थपिएका छन् । काठमाडौँमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ सक्रिय संक्रमित ४ हजार ६२५, संक्रमणमुक्त २ लाख ३० हजार १२, मृत्यु २०९५ र कुल संक्रमित २ लाख ३६ हजार ७३२ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १ हजार ३७२, संक्रमणमुक्त २६ हजार ७, मृत्यु ४१९ र कुल संक्रमित २७ हजार ७९८ छन् ।

त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २ हजार १९१, संक्रमणमुक्त ४३ हजार ३२१, मृत्यु ६४३ र  कुल संक्रमित ४६ हजार १५५ जना छन् ।

लक्षित समूहका ४६% ले कोभिडविरुद्धको खोप लगाए, खोप लगाउनेको संख्या एक करोड नाघ्यो

इकागज | भदौ १६, २०७८

काठमाडौँ- नेपालमा लक्षित समूहको ४६ प्रतिशतले मानिसले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । सरकारले १८ व...