कोभिड-१९

बिहीबार कर्णालीमा थप ५१ जनामा संक्रमण

इकागज | भदौ १०, २०७८

काठमाडौँ - कर्णाली प्रदेशमा बिहीबार थप ५१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ९५ जनामा गरिएको परीक्षणमा ३४ जना र एन्टिजेन विधिबाट १ सय ६५ जनामा गरिएको परीक्षणमा १७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।  

बिहीबार सबैभन्दा धेरै जुम्लामा २१ जनामा कोभिड देखिएको छ।  यस्तै कालिकोटमा १०, सुर्खेतमा १०, रुकुम पश्चिममा ६, मुगुमा २, हुम्लामा १ र अन्य १ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशक डा.रविन खड्काकाअनुसार बिहीबार प्रदेशभरमा ४७ जनाले कोभिड संक्रमण जितेर डिस्चार्ज भएका छन् ।

यस्तै ७ सय ४२ जना सक्रिय संक्रमित छन् । यो संख्या अघिल्लो साताकोभन्दा  केही कम हो । योसँगै कर्णालीमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ३ सय ६६ पुगेको खड्काले जनाए  ।

परीक्षार्थीहरूलाई खोपको व्यवस्था गर्न शिक्षा समितिको निर्देशन

इकागज | भदौ १०, २०७८

काठमाडौँ – प्रतिनिधि सभाअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का परीक्षार्थीहरूलाई तुरुन्त ...

बेलायतले दिने कोभिडविरुद्धको अष्ट्राजेनिका खोप बिहीबार साँझ नेपाल आइपुग्‍ने

इकागज | भदौ १०, २०७८

काठमाडौँ- नेपालको सबैभन्दा पुरानो सम्बन्ध रहेको मुलुक बेलायतले दिएको कोभिडविरुद्धको खोप बिहीबार साँझ ...