कोभिड-१९

काठमाडौँ उपत्यकामा थपिए ७६९ संक्रमित

इकागज | भदौ ८, २०७८

काठमाडौँ - मंगलबार काठमाडौँ उपत्यकामा सात सय ६९ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१८, ललितपुरमा १९९ र भक्तपुरमा ५२ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित ६ हजार ८८३,संक्रमणमुक्त २ लाख २३ हजार १७, मृत्यु २०६३ र कुल संक्रमित २ लाख ३१ हजार ९६३ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १ हजार ४१६, संक्रमणमुक्त २५ हजार ११७, मृत्यु ४०६ र कुल संक्रमित २६ हजार ९३९ जना छन् । त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २ हजार २५९, संक्रमणमुक्त ४२ हजार २२, मृत्यु ६३३ र कुल संक्रमित ४४ हजार ९१४ जना छन् ।

पछिल्लाे २४ घण्टामा दुई हजार ८६ जना संक्रमणमुक्त भएका र ३५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर सक्रिय संक्रमित ३८ हजार २५० जना छन् । त्यसैगरी ६५० जना आईसीयूमा, १७० भेन्टीलेटरमा उपचाररत छन् । ३५ हजार १४५ होम आईसोलेसनमा, संस्थागत आईसोलेसनमा तीन हजार १०५ र क्वारेन्टीनमा ३९५ जना छन् ।

मंगलबार १४६ ज्येष्‍ठ नागरिकसहित देशभर दुई हजार ५२५ कोभिड संक्रमित थपिए

इकागज | भदौ ८, २०७८

काठमाडौँ- मंगलबार १४६ ज्येष्‍ठ नागरिकसहित देशभर दुई हजार ५२५ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य त...

काठमाडौँ महानगरको सबै वडा भेरोसेलको दोस्रो खोप ११ गतेबाट सञ्‍चालन हुने

इकागज | भदौ ८, २०७८

काठमाडौँ- कोभिड-१९ विरुद्ध लगाइने भेरोसेलको दोस्रो मात्रा खोप कार्यक्रम भदौ ११ गतेबाट काठमाडौँ महानगरप...

भिडभाड गरेको भन्दै नेपाल समूह बसेको चन्द्रागिरि रिसोर्टलाई प्रशासनले सोध्यो स्पष्टीकरण

इकागज | भदौ ८, २०७८

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको समयमा भिडभाड भएको भन्दै चन्द्रागिरि हिल्...