कोभिड-१९

केरलाका २४ हजारसहित भारतमा थपिए ३७ हजार कोरोना सङ्क्रमित

इकागज | भदौ १०, २०७८

नयाँ दिल्ली- सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सङ्क्रमितको सङ्ख्या २४ हजार २९६ जना केरला राज्यको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारदेखि ४० हजारको बीचमा रहँदै आएको छ  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६४८ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ३५ हजार ७५८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् । 

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३४ हजार १६९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख ५४ हजार २८१ पुगेको सो मन्त्रालयले जनाएको छ ।  यहाँ हाल ९७.६७ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन्  

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने तीन लाख २२ हजार ३२७ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको ०.९९ प्रतिशत हो ।   (एएनआई) 

'भारतमा सबै राज्यलाई अगस्टभर थप दुई करोड डोज खोप उपलब्घ गराइने'

इकागज | भदौ १०, २०७८

नयाँ दिल्ली- भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा ...

काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा बिहीबार भेरोसेलको पहिलो मात्रा लगाइने

इकागज | भदौ ९, २०७८

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा बिहीबार ( भोली एक दिन मात्र ) भेरोसेलको पहिलो खोप ल...

एयरलायन्ससँगको मिलेमतोमा स्टार अस्पतालको 'र्‍यापीड पीसीआर' किन ?

अतिन आचार्य | भदौ ८, २०७८

काठमाडौँ- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ् क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको ...