कोभिड-१९

वैदेशिक रोजगार जाने कामदारले क्युआर कोडसहितको खोप कार्ड म्यानपावरबाट पाउने

इकागज | साउन २९, २०७८

काठमाडौँ- वैदेशिक रोजगारमा जानेहरूले क्यूआर कोडसहितको खोप कार्ड म्यानपावरबाट पाउने भएका छन् । वैदेशिक रोजगारी जानेहरूलाई  कोभिड-१९ पूर्ण खोपको विधुतीय प्रमाणीकरणका लागि फारम सम्बन्धित संस्था (म्यानपावर) बाट भर्ने व्यवस्था मिलाउन निर्देशन दिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्‍ठले बताएका छन् ।

शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र व्यावसायीबीच भएको छलफलमा व्यावसायीहरूको संस्थालाई क्युआर कोड उपलब्ध गराउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिव सुजितकुमार श्रेष्‍ठले जानकारी दिए ।  

उनका अनुसार इजाज़तपत्रवाला संस्थाहरु आफैँले कामदारको आवश्यक विवरण सहितको अनलाइन दर्ता  गर्नु पर्ने र स्वास्थ्य सेवा बिभागले क्यूआर  कोड सहितको प्रमाणपत्र सम्बन्धित म्यानपवार कम्पनीको इमेलमा पठाइने उनले बताए । 'आजैको मिति बाट लागू हुने गरी सहमती भएको छ,' श्रेष्‍ठले भने ।

'कोभिडको पहिलो र दोस्रो लहरमा सूचीकृत गरिएको अस्पतालमा संक्रमितको उपचार गर्नू'

इकागज | साउन २९, २०७८

काठमाडौँ - गृह मन्त्रालयले अस्पताल, मेडिकल कलेज र आइसोलेसन सेन्टरलाई कोभिड संक्रमितको उपचार गर्नुप...

कोभ्याक्स मार्फत नेपालले मोडर्नाको ४० लाख खोप प्राप्त गर्ने, चैतसम्म आईपुग्‍ने

इकागज | साउन २९, २०७८

काठमाडौँ-  कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तिय सहयोगमा मोर्डना खोपको ४० लाख म...

अशक्त, अपांग र दीर्घरोगीलाई घरमै गएर कोभिडविरुद्धको खोप लगाउन सर्वाेच्च अदालतको आदेश

इकागज | साउन २९, २०७८

काठमाडौँ - सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्नेहरुलाई घरमा नै गएर कोभिडविरुद्धको खोप उपलब्ध ...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाइ गर्न जान नपाइने

इकागज | साउन २९, २०७८

काठमाडौँ- अबदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाइ गर्न जान नपाइने भएको छ । कोभिड-१९ को...