कोभिड-१९

देशभर कोभिड संक्रमणका ९२० गम्भीर विरामी

इकागज | साउन २८, २०७८

काठमाडौँ - बिहीबार देशभर आईसीयू तथा भेन्टीलेटरमा ९२० संक्रमित उपचाररत छन् । आईसीयूमा ७३७ र भेन्टीलेटरमा १८३ गम्भीर अवस्थामा उपचाररत छन् ।

प्रदेश १ को आईसीयूमा १४१, भेन्टीलेटरमा ५६ जना विरामी छन् । त्यहाँ मृतकको संख्या एक हजार ४४८ पुगेको छ । प्रदेश २ को आईसीयूमा तीन विरामी छन् । त्यहाँ मृतकको संख्या ७५० रहेको छ । बागमती प्रदेशको आईसीयूमा ४४५, भेन्टीलेटरमा १०० विरामी छन् । मृतकको संख्या चार ३५९ पुगेको छ ।

त्यसैगरी गण्डकीको आईसीयूमा ६९, भेन्टीलेटरमा ८ विरामी छन् । मृतकको संख्या एक हजार १३९ पुगेको छ । लुम्बिनीमा आईसीयूमा ६४, भेन्टीलेटरमा १२ विरामी छन् । मृतकको संख्या एक हजार ६३५ पुगेको छ । कर्णालीमा आईसीयूमा ७, भेन्टीलेटरमा १िवरामी छन् । ४३१ संक्रमितको मृत्यु भएको छ । सुदूरपश्‍चिम प्रदेशको आईसीयूमा ८, भेन्टीलेटरमा ६ विरामी छन् । ४५० संक्रमितको मृत्यु भएको छ ।

२४ घण्टामा १५ हजार ४६२ जनाको परीक्षण गर्दा तीन हजार २६० संक्रमित थपिएका छन् । त्यसैगरी दुई हजार २९४ संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमित ३८ हजार १८० जना छन् । आज ५६ हजार ८५३ जनाले खोप लगाएका छन् ।

 

 

 

 

अमेरिकाबाट आएको खोपबारे स्वास्थ्य राज्यमन्त्रीबाटै तथ्यांक तोडमोड

इकागज | साउन २८, २०७८

काठमाडौँ- प्रतिनिधि सभाको बिहीबारको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्‍ठले खोप आपूर्ति सम्बन्...

आगामी पाँच महिनामा एक लाख ९३ हजार संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको अनुमान

इकागज | साउन २८, २०७८

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले आगामी पाँच महिनामा एक लाख ९३ हजार कोभिड संक्रमित थपिने अनुमान गरेको छ ।...

‘अघिल्लो सरकारले १८ महिनामा ४२ लाखलाई खोप दियो, हामीले ७५ लाखलाई दिइसक्यौँ’

इकागज | साउन २८, २०७८

काठमाडौँ - स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले कोभिड १९ को नियन्त्रणका लागि प्राथमिकताका साथ काम गर...

कोभिसिल्डको दोस्रो डोज खोप सामाखुसीको राधास्वामी संत्सर्गमा लगाउन पाइने

इकागज | साउन २८, २०७८

काठमाडौँ- कोभिसिल्डको दोस्रो खोप लगाउन छुटेकालाई काठमाडौँ महानगरपालिकाले सामाखुसीस्थित राधास्वामी संत्...

इरानका नयाँ राष्ट्रपतिद्वारा प्रस्तावित मन्त्रीहरूको नाम संसद्‌मा पेस

इकागज | साउन २८, २०७८

तेहरान- इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रायसीले आफूले मन्त्रीमा नियुक्त गर्न लागेका व्यक्तिहरूको नाम...