कोभिड-१९

मकवानपुरमा पाँच हजार बढीले लगाए कोभिड खोपको दोस्रो मात्रा

इकागज | साउन २७, २०७८

काठमाडौँ - मकवानपुरमा बुधबारबाट काेभिडविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा प्रदान गरिएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका मकवानपुरका करिब १३ हजार ४ सय ८० जना नागरिकहरुलाई दोस्रो मात्रा लगाउन सुरु गरिएको हो ।

मकवानपुरको दुई वटा पालिकाले बुधबार काेभिडविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेकाकाे खोप प्रदान गरेको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिकाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका पाँच सय ९८ जनालाई दोस्रो मात्राका रुपमा एष्ट्राजेनेका खोप लगाएको छ भने हेटौंडा उपमहानगरपालिकाले ४ हजार ६ सय ५९ जना गरि कुल ५ हजार २ सय ४७ जनालाई एष्ट्राजेनेका खोप लगाएको छ ।

गत माघबाट सुरु भएको खोप अभियानदेखि हालसम्म विभिन्न समयमा गरी कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार अन्य पालिकाहरुले आफ्नो खोप तालिका अनुसार सम्बन्धित वडाको स्वास्थ्य संस्थाहरूबाट खोप लगाउने तयारी थालेका छन् ।

मकवानपुरको लागि प्राप्त भएको १६ हजार डोज खोपमध्ये १५ हजार १ सय २० डोज स्थानीय तहलाई वितरण गरिएको सूचना अधिकारी घिमिरेले बताए ।
 

प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप, काठमाडौँमा यी ठाउँमा पाइन्छ खोप

इकागज | साउन २७, २०७८

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभ...

त्रिविका ५० हजार बढी परीक्षार्थीले कोभिडविरुद्धको खोप पाउने

इकागज | साउन २७, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त कलेजहरुका परीक्षा दिने विद्यार्थीले ...

खोप उद्योगलाई क्लिनिकल ट्रायल स्वीकृति दिने, मागको ६० प्रतिशत सरकारले खरिद गर्ने

इकागज | साउन २७, २०७८

काठमाडौँ - सरकारले नेपालमा खोप उद्योगलाई क्लिनिकल ट्रायल गर्न स्वीकृति दिने व्यवस्था गरेको छ । खोप (भ्याक्...

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द

इकागज | साउन २७, २०७८

सोलुखुम्बु- जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना...