कोभिड-१९

प्रदेश १ : अहिलेसम्म १ लाख ८० हजारले लगाए दुवै डोज खोप

इकागज | साउन २४, २०७८

विराटनगर - प्रदेश १ मा कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाउनेको संख्या १ लाख ८० हजार ९७ पुगेको छ । खोपको दुरुपयोग भएको भन्दै प्रदेशसभामा सांसदहरुले सरकारको ध्यानाकर्षण गएपछि आइतबारको बैठकमा जवाफ दिँदै सामाजिक विकासमन्त्री उषाकला राईले कोभिडसिल्ड र भेरोसेलका दुवै डोज १ लाख १९ हजार १ सय ९४ जना र एक डोजमात्रै लगाए हुने जोन्सेन एण्ड जोन्सेन ६० हजार ९ सय ३ जनाले लगाएको बताइन् । 

मन्त्री राईले पहिलो पटक आएको कोभिसिल्ड खोपको दुवै डोज लगाउनेको संख्या ५२ हजार ८ सय ५५ जना रहेको सदनलाई जानकारी दिइन् । कुल ४ लाख ५९ हजार डोज कोभिसिल्ड प्राप्त भएकोमा ३ लाख ९ हजार २ सय ४६ जनाले पहिलो डोज लगाएका थिए । भारतबाट पुनः कोभिसिल्ड खोप आउने अवस्था रहेको भन्दै त्यतिबेला दोस्रो डोजका लागि राख्नुपर्ने खोप पनि पहिलो डोज मै लगाइएको थियो । पछि भारतबाट खोप नआउँदा ५२ हजार ८ सय ५५ जनाले मात्रै कोभिसिल्डको दोस्रो लगाउन पाएका थिए ।

मन्त्री राईले प्रदेश १ मा ५ लाख १८ हजार १ सय २० डोज भेरोसेल खोप प्राप्त भएकोमा दुवै डोज लगाउनेको संख्या ६६ हजार ३ सय ३९ मात्रै रहेको बताइन् । भेरोसेलको पहिलो डोज ३ लाख २८ हजार ३ सय २३ जनाले लगाएका थिए । 

तेस्रो पटकको खोप अभियान अन्तरगत प्रदेश १ लाई जोन्सेन एण्ड जोन्सेनको २ लाख ४० हजार डोज खोप प्राप्त भएको मन्त्री राईले बताइन् । त्यसमध्ये हालसम्म ६० हजार ९ सय ३ जनाले खोप लगाइसकेका छन् । 

उनले कोभिसिल्डको दोस्रो डोज लगाउन बाँकी रहेका जनसंख्यालाई एस्ट्राजेनेका खोप लगाउने तयारी भइरहेको जानकारी दिइन् । प्रदेश १ मा कोभिसिल्डको दोस्रो डोज खोप लगाउन अझै २ लाख ५६ हजार ३ सय ९१ जना बा“की रहेका छन् । त्यसैगरी ६६ हजार ३ सय ३९ जनाले भेरोसेलको दोस्रो लगाउन बा“की रहेको जनाइएको छ । 

मन्त्री राईले केन्द्रबाट जिल्लाहरुलाई सिधै संख्या तोकेर खोप आएका कारण खोपको दुरुपयोग नभएको दाबी गरिन् । ‘खोप लुकाएको भन्ने कुरा आएको छ, यसमा सरकारको ध्यानाकर्षण भएको छ, लगाउने उमेर समूहका सबैलाई खोप लगाउँदै जाने कुरामा सरकार प्रतिबद्ध रहेको छ’ उनले भनिन् । प्रदेश १ मा हालसम्म कोभिसिल्ड, भेरोसेल र जन्सेन एण्ड जन्सेन गरी कुल १२ लाख १७ हजार १ सय २० डोज खोप प्राप्त भएको जनाइएको छ । 

अष्ट्राजेनिकाको पहिलो डोज वैदेशिक रोजगारीमा जाने र मिर्गौलाका बिरामीलाई पनि दिइने

इकागज | साउन २४, २०७८

काठमाडौं- अष्ट्राजेनिकाको पहिलो मात्रा खोप वैदेशिक रोजगारीमा र अध्ययन गर्न जानेले लगाउन पाउने भएका छन् ...