कोभिड-१९

भारतमा थप ४४ हजारलाई कोरोना सङ्क्रमित

इकागज | साउन २३, २०७८

नयाँ दिल्ली- भारतका कोरोना भाइरसबाट नयाँ ४४ हजार ६४३ जना सङ्क्रमित थपिएका छन् । 

सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका सङ्क्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार १५९ पुगेको छ । यो सङ्ख्या कूल सङ्क्रमितको १.३० प्रतिशत भएको पनि जनाइएको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै समयमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको सङ्ख्याभन्दा थप सङ्क्रमितको सङ्ख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा वृद्धि भएको छ । 

भारतमा अहिले सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या तीन करोड १० लाख १५ हजार ८४४ पुगेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या ९७.३६ प्रतिशत पुगेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार लाख २६ हजार ७५४ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये ४६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म ४९ करोड ५३ लाख २७ हजार ५९५ भन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । (सिन्ह्वा) 

अस्ट्रेलियामा डेल्टा भेरिएन्टको प्रकोप र खोप कार्यक्रममा ढिलाइ सँगसँगै

इकागज | साउन २२, २०७८

काठमाडौँ-पछिल्ला साताहरूमा कोभिड–१९ को डेल्टा भेरिएन्टको व्यापक असर पूर्वी एसियामा देखिएको छ । अ...

बङ्गलादेशमा कोभिडले एकै दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च

इकागज | साउन २२, २०७८

बङ्गलादेशमा बिहीबार कोभिड-१९ का कारण एक दिनमा मृत्यु भएका विरामीको सङ्ख्या २६४ पुगेको छ । यो महामारी ...

जापानबाट ल्याइने खोप तत्‍काल सबै प्रदेशले नपाउने, बागमती पहिलो प्राथमिकतामा

अतिन आचार्य | साउन २१, २०७८

काठमाडौँ- जापानले कोभ्याक्स अन्तर्गत अनुदानस्वरुप दिने अष्ट्राजेनिका खोप सरकारले सातै प्रदेशमा ...

देशभर कोभिडको ग्राफ उकालो लाग्दै: ३७ को मृत्यु र ३९३८ संक्रमित

इकागज | साउन २१, २०७८

काठमाडौँ- बिहीबार कोभिड-१९ संक्रमणको कारण ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुस...