कोभिड-१९

ललितपुरमा भोलिदेखि खोप कार्यक्रम स्थगित

इकागज | असार १३, २०७९

काठमाडौँ- ललितपुर महानगरपालिकामा भोलिदेखि (मंगलबार) खोप कार्यक्रम स्थगित हुने भएको छ । सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध नगराउँदा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान कार्यक्रम स्थगित भएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि खोप अभियान बन्द भएको हो । महानगरले सम्बन्धित व्यक्तिमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

महानगरले यसअघि असार १० देखि १५ गतेसम्म खोप लगाउने मिति सार्वजनिक गरिएको थियो । सरकारले खोपको सुनिश्‍चितता गरेपछि पुनः अर्को सूचना प्रकाशन गरी खोप लगाउने मिति सार्वजनिक गर्ने महानगरले बताएको छ ।

 

कोभिड संक्रमण दर बढ्यो

इकागज | असार ९, २०७९

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक...

१२ वर्ष मुनिका बालबालिकाले असार ९ गतेदेखि कोभिडविरुद्धको खोप पाउने

इकागज | असार ८, २०७९

काठमाडौँ- सरकारले ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई असार ९ गतेदेखि १५ गतेसम्म कोभिडविरुद्धको खोप लग...