कोभिड-१९

नेपालमा थप १९ मा कोभिड पुष्टि

इकागज | असार ७, २०७९

काठमाडौं– नेपालमा थप १९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परीक्षणका क्रममा १४ जना र १ हजार ८३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय २० जना निको भएका छन् । हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 
 

५ देखि ११ उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने

सुभाष कर्ण | असार ४, २०७९

जनकपुरधाम । देशभरसहित मधेश प्रदेशमा पनि असार ९ गतेबाट ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड विरुद्ध...