कोभिड-१९

भेरीमा अस्पतालमा कोरोना संक्रमितको मृत्यु

इकागज | माघ ११, २०७८

काठमाडाैँ – नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीलै जानकारी दिए ।

उनका अनुसार यही माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमणबाट बाँके जिल्लाका मृतकको सङ्ख्या ३४६ पुगेको छ ।

संक्रमण बढेपछि कास्कीका अधिकांश सरकारी कार्यालयको सेवा बन्द

इकागज | माघ ११, २०७८

कास्की - कोभिड संक्रमणको तेस्रो लहरमा संक्रमितत बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेव...

प्रदेश १ का मुख्यमन्त्री राईका स्वकीय सचिवसहित नौ जनामा कोभिड पुष्टि

इकागज | माघ १०, २०७८

विराटनगर - प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार एकैदिन सात जनामा कोभिड संक्रमण पुष्...

एक करोड खोप मौज्दात

इकागज | माघ १०, २०७८

काठमाडाै‌- स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप ल्याएक...