कोभिड-१९

प्रदेश १ मा थपिए ६७३ जनामा कोभिड संक्रमित

इकागज | माघ ९, २०७८

विराटनगर - प्रदेश १ मा आइतबार थप ६७३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । कुल १ हजार ३८२ वटा नमूनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ४८ प्रतिशतमा कोभिड पुष्टि भएको सामाजिक विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसरीमा ५६, धनकुटामा ४, इलाममा ३, खोटाङ र उदयपुरमा २–२, पाँचथर, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३० जनामा कोभिड संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा १६१, बुढीगंगामा १६, सुन्दरहरैचामा १३, बेलबारी र स्थानीय तह नखुलेका ८–८, पथरीशनिश्चरेमा ६, उर्लाबारीमा ५, कटहरी, रतुवामाई र कानेपोखरीमा ४–४, रंगेलीमा ३, ग्रामथानमा २, लेटाङ, धनपालथान, सुनवर्षी, केराबारी र जहदामा १–१ जनामा संक्रमण देखिएको छ । 

झापाको विर्तामोडमा ३०, दमकमा २३, कनकाईमा १८, अर्जुनधारामा १३, मेचीनगरमा ८, भद्रपुर र शिवसताक्षीमा ६–६, गौरादहमा ५, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, कचनकवल, बाह्रदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । 

त्यसैगी सुनसरीको इटहरीमा २५, इनरुवामा ७, बराहक्षेत्रमा ४, रामधुनी, बर्जु र गढीमा ३–३, धरान, दुहवी, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, हरिनगर, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको इलाम नगरपालिका, माई र रोङमा १–१, खोटाङको बराहपोखरी र दिप्रुङमा १–१, उदयपुरको त्रियुगामा २, पाँचथरको मिक्लाजुङ, तेह्रथुमको मेन्छयाम र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका थप ३० जनामा संक्रमण पुष्टि भएको मन्न्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आइतबार ९६ महिला र १२० पुरुष गरी थप २१६ जना कोभिडको संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका संक्रमितहरु मध्ये थप दुई पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा आइतबारसम्मको सक्रिय संक्रमितको संख्या ५ हजार ८५४ रहेको मन्त्रालयले जनाएको छ ।