कोभिड-१९

भारतका ७२ प्रतिशत वयस्कलाई पूर्ण खोप

इकागज | माघ ७, २०७८

नयाँ दिल्ली- भारतका कूल वयस्कहरूमध्ये ७२ प्रतिशतले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् । 

भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका भने ५२ प्रतिशतले पहिलो खोप लगाएका छन् । 

सो उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई हालै मात्र खोप लगाउन थालिएकाले उनीहरूले एउटा मात्रै खोप लगाउन पाएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका सचिव राजेश भुषणले पत्रकार सम्मेलनमा बोल्ने क्रममा खोप अभियानलाई सरकारले तीव्रता र उच्च प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए । 

उनले पछिल्लो एक दिनमा तीन लाख १७ हजार ५३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण पनि सार्वजनिक गर्नुभयो । सोही अवधिमा कोरोनाकै कारण अरू ३८० जनाको मृत्यु भएको पनि उनको भनाइ छ । 

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक थपिँदै गएपछि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि बढेको छ । 

स्वास्थ्य सचिव भुषणका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ । (एएनआई)
 

कोरोना संक्रमण दर वृद्धिहुन थालेपछि अधिक जनसम्पर्क हुने कार्यालयमा छड्के

इकागज | माघ ६, २०७८

बाँके – बाँकेमा कोरोना संक्रमणको दर वृद्धि हुन थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा जिल्...

बेलायतमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै, सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने

इकागज | माघ ६, २०७८

लन्डन- बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेल...